विश्वमा हेपाटाइटिस सीबाट करिब १ करोड मानिस प्रभावित, लाखौंको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

विश्व स्वास्थ्य संगठनले विश्वमा हेपाटाइटिस सी बाट करिब १ करोड मानिस प्रभावित
भएको जनाएको छ । हेपाटाईटिस बी बाट भने करिब १३ लाख मानिस प्रभावित छन् ।
चिकित्सकहरुले हेपाटाइटिस फैलाउने भाइरस विरुद्ध अभियान सञ्चालन गर्न जरुरी भएको
बताएका छन् । उनीहरुका अनुसार विश्वमा पांच मध्ये एक जना नवजात शिशुले मात्र
हेटपाटाइटिस बी को खोप लगाउने गरेका छन् ।

 नशा्लु पदार्थको सेवन गर्ने ६७ प्रतिशतमा
हेपाटाइटिस सी हुने खतरा बढी रहेको हुन्छ भने हेपाटाइटिस बीको खतरा १० प्रतिशत रहने
गर्दछ । गत हप्ता मात्र विश्व स्वास्थ्य संगठनले दश वर्षमा हेपाटाइटिसका कारण ५०
लाख भन्दा बढी मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो ।

 

चिकित्सकहरुले
हेपाटाइटिसबाट प्रभावित हुनेहरुलाई आफु संक्रमित भएको थाहा समेत नहुन सक्ने भन्दै
रोगप्रतिको चेतना आवश्यक भएको बताएका छन् ।