– प्रेमनारायण आचार्य
अर्घाखाँची १३ साउन । सन्धिखर्क गाविस संग जोडिएको किमडाँडा गाविसलाई सन्धिखर्क नगरपालीकामा समाबेस गर्न माग गर्दै स्थानीय बासिन्दाले जिबिस अर्घाखाँचीमा धर्ना दिएका छन् ।
हालै घोषणा भएको सन्धिखर्क नगरपालीकामा नजिकको किमडाँडालाई समाबेस नगरि टाढाका गाविसलाई नगरपालीकामा राखिएको भन्दै स्थानीय बासिन्दाले जिबिस अर्घाखाँचीको मुल गेटमा धर्ना दिएका हुन् ।
जसको कारण जिबिस अर्घाखाँचीको काम हुन सकेको छैन् । बिहान १० बजेबाट शुरु भएको धर्ना दिन भर जारी रहने उनीहरुले बताएका छन् ।