काबुल – अफगानिस्तानमा विद्रोही र सुरक्षा फौजबीच भएको
आक्रमणमा बीबीसीका स्थानीय संवाददाताको मृत्यु भएको छ । घटनामा परेका २२ जनामध्ये
बीबीसीको पास्तो रेडियो सेवाका अहमद ओमेद खपुल्वाकसमेत छन् ।
दक्षिणी उरुज्गान प्रान्तको तारिन कोत सहरमा तीनवटा आत्मघाती विस्फोटपछि भिडन्त
भएको हो । गभर्नरको कार्यालय नजिकै पनि बम विस्फोट भएको छ । स्थानीय रेडियो र
टेलिभिजन स्टेसन रहेका भवनमा समेत भएको आक्रमणमा परेर खपुल्वाकको मृत्यु भएको
हो । २५ वर्षीय उनी पाझोक समाचार संस्थामा पनि कार्यरत थिए । उनी यो जोखिमपूर्ण
क्षेत्रमा साहसपूर्वक काम गरिरहेकामध्ये रहेको बीबीसीका विश्व समाचार निर्देशक पिटर
होरोक्सले बताए ।
-एजेन्सी