मुम्बई आतंककारी हमलाका एक मात्र जिवित अभियुक्त अमिर कसाबद्धारा फाँसीको फैसला विरुद्ध सर्वोच्च अदालतमा अपील

सन २००८ को नोभेम्बरमा भारतको मुम्बईमा भएको आतंककारी हमलाका एक मात्र जिवित
अभियुक्त अजमल अमिर कसाबले मुम्बई उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा
अपील गरेका छन् ।

मुम्बई उच्च अदालतले गएको फेब्रुअरीमा कसावलाई फाँसीको सजाय
सुनाएकोमा उनले उक्त फैसला बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा अपील गरेका हुन
। उक्त फैसलापछि कुनै पनि वकिलले कसावको पक्षमा वकालत गरेका छैनन् । मुम्बइ उच्च
अदालतका न्यायाधीश एमएल तहलियानीको इजलासले फाँसीको सजाय सुनाएपछि कसाब भावविह्वल
भई रोएका थिए । उनलाई अन्य पाँच वटा मुद्दामा भने जन्मकैदको सजाय सुनाईएको थियो ।

उच्च अदालतको फैसलालाई सर्बोच्च अदालतले सदर गरेपछि मात्रै कसाबलाइ फाँसींको सजाय
दिईनेछ । यसै घटनासँग सम्वद्ध दुई भारतीय नागरिक फहिम अन्सारी र सावहुद्दिन अहमदलाई
भने अदालतले पर्याप्त प्रमाण नभएको भन्दै मुक्त गरेको थियो । मुम्बई हमलाका पछाडि
पाकिस्तानस्थित अतिवादी समुह लश्कर ए तोइवाको हात रहेको भारतको दाबी छ । सन २००८ को
नोभेम्बर २६ मा मुम्बईमा भएको आतंककारी हमलामा १ सय ७४ जनाको ज्यान गएको थियो भने ३
सय ४ जना घाइते भएका थिए ।