बढ्दो हिंसा प्रति अमेरिकी सेनाले गंभीरताका साथ ध्यान नदिएको इराकको आरोप

इराकबाट अमेरिकी सेना स्वदेश फिर्ता हुने समय नजिकै जांदा त्यहां बढ्दो हिंसा प्रति अमेरिकी सेनाले गंभीरताका साथ ध्यान नदिएको आरोप लागेको छ ।

 

इराक मामिला सम्बन्धी अमेरिकाका वरिष्ठ सल्लाहाकार स्टुअर्ट डब्लु बवेन जुनियरले बग्दादमा हुने आक्रमणका अलावा इराकका वरिष्ठ अधिकारी र अमेरिकी सेनाको हत्या हुने क्रम बढेको बताएका छन् । बवेन जुनियरले आफ्नो रिपोर्टमा गत वर्ष भन्दा यो वर्ष इराक बढी असुरक्षित बनेको जनाएका छन् । इराकमा भइरहेको लगातारको विष्फोटका घटनाका कारण इरानसंग सीमा जोडिएका क्षेत्रहरु अति अशान्त रहेको उनले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

 

यो रिपोर्ट अमेरिकी सेनाले पेश गर्ने गरेको रिपोर्ट भन्दा भिन्न भएको बताइएको छ । अमेरिकाले यो वर्षको अन्त्य सम्ममा इराकबाट ४७ हजार सैनिक फिर्ता बोलाउदै छ ।