झपेन्द्र मनोज शहिद स्मृति दिवस सम्पन्न

– शोभाखर पन्थी

अर्घाखाँची साउन १६ । नेपाल निजामति कर्मचारी संगठन अर्घाखाँचीले विभिन्न कार्यक्रमको आयोजना गरी सन्धिखर्कमा २० औँ झपेन्द्र मनोज शहिद स्मृति दिवस सम्पन्न गरेको छ ।

शहिद दिवसको अवसर पारी सन्धिखर्कको बसपार्कमा आयोजित प्रवचन कार्यक्रममा मन्तव्य राख्ने वक्ताहरुले कर्मचारीका समस्या प्रति राज्यको ध्यानर्कषण गराएका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले पेशागत हकहितका साथै जनताको कामकाजमा आफुलाई समर्पित गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।

कर्मचारी संगठनका जिल्ला अध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षता र देवेन्द्र केसीको संचालनमा सम्पन्न कार्यक्रममा निमित्त स्थानीय विकास अधिकारी धु्रव गिरी पेशागत संगठनका अध्यक्ष बावुराम आचार्य कर्मचारी संगठन गुल्मीका पुर्व जिल्ला अध्यक्ष बावुराम पथी केन्द्रीय प्रतिनिधी गिरिराज खनाल नविन किरण भुसाल लगायतका बक्ताहरुले मन्तव्य राख्दै कर्मचारी तन्त्रमाथीको हस्तक्षेप बन्द गर्न सवैपक्षलाई आग्रह गरेका छन् ।

कार्यक्रममा नेपाल निजामति कर्मचारी संगठनद्धारा निर्माण गर्न लागिएको प्रतिक्षालयको एक समारोहका बीच प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले शिलान्यास गर्नुभयो ।

अन्य समाचारहरु