– कर्ण जंग रायमाझी
दक्षिण कोरिया । कोरियाको एकदम कामको चापको समयमा पनि गर्मि बिदाको समयपारि सम्पूर्ण
नेपालीहरुले आफ्नो व्यस्ततामा पनि केहि समय दिएर भएपनि नेपालीको समस्यालाई कसरी समाधान गर्ने र आफ्नो जिल्लामा कसरी बिकाश गर्न सकिन्छ भनि आर्थिक विकास
तिर ध्यान कसरी जान्छ र आर्थिक संकलन कसरी गर्न सकिन्छ भनि २ दिन टाढा देखि आइ
आफ्ना भनाइ राख्दै अझ एउटा खुसिको हासो थप्दै खुसीहरु साटासाट गरिन्छ ।
यो आम
विदेसिएका नेपालीको नेपाली पाना हो। किन पनि नलागोस र नेपाल को माया ! जो विदेश
आउनुभाको छ उहाहरुलाई मात्र विदेशको बारेमा थाहा हुन्छ,यहि कुरालाई मध्यनजर राखी
जुलाई ३१ दिन को १२ बजे दुन्देमुनको एभरेस्ट करी रेस्टुरेन्टमा अर्घाखाँची कोरिया
सम्पर्क मंच को ५ औ बैठक सम्पन्न भयको थियो।
सो बैठक को सभापति मंचको अध्क्षय कर्ण
जंग रायमाझीको सभापतित्वमा अनि कार्यक्रम संचालक सचिब ठाकुर प्रसाद भुसालको
संचालनमा र कोसाध्यक्ष युबराज पाण्डे को आर्थिक विवरण सहित उपस्थिति हुनुभएका
सदस्यहरुले आ -आफ्ना भनाइहरु राख्दै बैठकमा प्रस्ताप राखेका कुरा हरुलाई गम्बिर
छलफल गरि सहि निस्कर्समा पुगी एउटा नया समितिको नया जागर उस्साहा र आर्थिक बिकाश
को लागि बाटो बताउनुभयो र कार्यक्रममा धेरै टाढा देखि साथीभाईहरु आउनुभएको थियो।
समितिले छलफल गर्दा ५औ बैठक सम्म पनि खबर गर्दा समिति का सदस्यहरु १ पटक पनि
बैठकमा उपस्थिति नहुनेलाई समितिको निर्णय अनुसार उहालाई समिति देखि निलम्बन गरिएको
छ ।
उहा आफ्नो कारण केहि पनि बताउन आउनुहोस भन्दा उपस्थिति नभएको कारण(उपाध्यक्ष
उदय थापाको पद अर्को काम गर्ने साथी लाई पदपूर्ति गरियो।
जसमा उपाअध्क्षय ( धर्म
राज पराजुली ) लाई नया चयन गरियो र केहि सदस्य हरुलाई थपिएको छ। सदस्य हरुमा
टि.बि.छेत्री, मोहन आचार्य, बिष्णु आचार्य, बाला मल्ल, राम प्रसाद पाण्डेलाई समितिको नियम अनुसार सदस्यमा भेलाले उहाहरुलाई चयन गरि आगामी दिनहरुमा अर्घाखाँची
कोरिया सम्पर्क मंचलाई बलियो बनाउन हौसलाका साथ सुभकामना दिनुभयो।
र अन्त्य मा
अध्क्षय ज्युले आफ्नो कार्यकालमा भएका कामहरु र अब आउने दिनहरुमा कसरि काम गर्ने
बारे कुरा हरु सबै बताउनुभयो र कार्यक्रम लाई पनि बिसर्जन गर्नुभयो ।