संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सिरियाली सरकारले सर्वसाधारणमाथि बलप्रयोग गरेको प्रतिबेदन स्वीकृत गरेको छ । १५ सदस्य आबद्ध रहेको परिषदले राष्ट्रपति असाद प्रशासनले सरकारबिरुद्ध भएको प्रदर्शनमा मानबअधिकार हनन गरेको आरोप सहितको प्रतिबेदन बुझाएको थियो ।
सिरियाको छिमेकी राष्ट्र लेवनानले प्रतिबेदनको बिरोध नगरेपनि पारित भएपछि निर्णयबाट अलग भएको छ । संयुक्त राष्ट्रसंघका महासचिब बान कि मुनले सिरियामा जारी प्रदर्शनमा भएको सरकारी दमनको निन्दा गर्नुभयो ।
आइतबार यता मात्र प्रदर्शनमा १ सय ४० जना प्रदर्शनकारी मारिएका छन् । सिरिया सरकारले अन्तर्राष्ट्रिय पत्रकारलाई प्रवेशमा रोक लगाएको छ । सिरियामा गत मार्च यता राष्ट्रपति बशार अल असादको राजीनामा माग गर्दै भएको प्रदर्शनमा १६ सय प्रदर्शनकारी मारिएको विभिन्न मानवअधिकारवादी संगठनहरुले जनाएका छन् ।