चीनले आफ्नो नौसेनाको बढ्दो शक्तिप्रति जापानले चेतावनी सहितको रिपोर्ट सार्वजनिक गरेकोमा आलोचना गर्दे यसलाई गैरजिम्मेवार अभिव्यक्ति भनेको छ ।
जापानको रक्षा मन्त्रालयद्धारा चीनको राष्ट्रिय रक्षा संयन्त्र निर्माण सम्बन्धी सार्वजनिक वार्षिक रिपोर्ट प्रति चिनियाँ विदेश मन्त्रालयले कडा असन्तुष्टि जनाएको हो । आफ्नो विगतबाट पाठ सिक्दै आफ्नै रक्षा नीतिप्रति ध्यान दिन र क्षेत्रिय शान्ति र स्थायित्व मजबुद पार्न चीनले जापानलाई सुझाएको छ ।
जापानले सार्वजनिक गरेको सन् २०११ को रक्षा रिपोर्टमा चीनको नौसैन्य शक्तिले आफ्नो गतिविधी पूर्व र दक्षिण चिनिया समुद्र लगायत प्यासिफिक क्षेत्रमा अगाडि बढाएको उल्लेख छ । चिनिया विदेश मन्त्रालयले चिनिया सेनाको आधुनिकीरण आत्मरक्षाका लागि भएको भन्दै यो कसै प्रति लक्षित नरहेको स्पष्ट पारेको छ ।