इराकको पश्चिमी भागमा पर्ने रामादी शहरमा श्रंखलाबद्ध बम विस्फोट भएको छ, जसबाट 9 जनाको मृत्यु हुनुका साथै 13 जना घाइते भएका छन्।
इराकी पदाधिकारीका अनुसार, स्थानीय समयअनुसार यसै महिनाको 3 तारिख दिउँसो 6 बजे रामादी शहरको केन्द्रमा बम विस्फोट गराइएको थियो। इराकको प्रहरी पक्ष र सर्वसाधारणले विस्फोटस्थलमा उद्धार कार्य गर्दै गर्दा नजिकैको अर्को ठाउँमा पनि विस्फोट भएको छ।
रामादी शहर अलकायदा संगठनको प्रभाव क्षेत्रहरूमध्ये एक हो।केही वर्षदेखि यता उक्त शहरको परिपाटी विस्तारै सामान्य बनिरहेता पनि सशस्त्र तत्वले लगातार विस्फोट गर्दै आएका छन्।