अफ्गानिस्तानमा तैनाथ नेटोको सेनाको एउटा हेलिकोप्टर खस्दा ३८ जनाको मृत्‍यु

अफ्गानी पदाधिकारीले  जनाएअनुसार, अफ्गानिस्तानमा तैनाथ उत्तर एटलान्टिक सन्धि संगठन अन्तर्गत नेटोको अन्तर्राष्ट्रिय सहायता सेनाको एउटा सैनिक हेलिकोप्टर स्थानीय समय 5 तारिख बेलुका वार्दाक प्रान्तमा खसेको छ।

 

तालिबान विद्रोही संगठनले यस घटनाको लिम्मा लिएको छ।

 

३१ अमेरिकन सेना एवम ७ अफगान सेना गरी कम्तिमा पनि ३८ जनाको मृत्‍यु भएको छ।

 

अफ्गानिस्तानमा तैनाथ नेटो सेनाले आज एउटा वक्तव्य प्रकाशित गरी उक्त घटना प्रमाणित गरेको छ।

 

नेटोको सेनाले हेलिकोप्टर खसेको घटना उत्पन्न भएको कारणको छानबिन गर्दै आएको कुरा यसै वक्तव्यले जनाएको छ।