डार्फुरमा तैनाथ संयुक्त राष्ट्र संघ र अफ्रिकी संघको संयुक्त शान्ति रक्षक फौजको एउटा कार हिजो बिहान सुडानको डार्फुर क्षेत्रमा प्रहारमा परेको छ । यसबाट शान्ति रक्षक फौजका एकको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते छन्।
राष्ट्र संघका महासचिवका प्रवक्ता मार्टिन नेसिर्किले सोही दिन आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।उहाँका अनुसार शान्ति सेनाको एउटा कार दक्षिणी डार्फुरको एउटा जिल्लामा पार गर्दा अज्ञात व्यक्तिको गोली प्रहारमा परेको थियो।हाल शान्ति सेनाका सम्बन्धित व्यक्ति छानबिनका लागि त्यहाँ पुगेका छन्। सुडानी प्रहरीले पनि उक्त दुर्घटनाको जाँझबुझ गर्दै छन्।
डार्फुरमा तैनाथ राष्ट्र संघ र अफ्रिकी संघको संयुक्त शान्ति सेना संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा सन् 2007को जूलाई महिनामा पारित गरिएको 1 हजार 7 सय 69 औं निर्णय-प्रस्तावबमोजिम स्थापित सेना हो।मृतक व्यक्ति शान्ति रक्षक फौजको स्थापनापछिका 30औं मृतक हुन्।