तिब्बतको निर्वाचित सरकारको प्रधानमन्त्रीको रुपमा लौबसङ्ग साङगेले शपथ लिएका छन् । भारतको धर्मशालामा मुख्यालय रहेको भनिएको तिब्बतको निर्वाचित सरकारको प्रधानमन्त्रीमा साङगे ४९ हजार निर्वाचित तिब्बतीको ५५ प्रतिशत मत पाएर चुनिएको बताइएको छ ।
तिब्बतको निर्वाचित सरकारलाई कुनै पनि देशले मान्यता दिएका छैनन । अब तिब्बतका निर्वाचित आध्यात्मिक नेता दलाई लामाले आध्यात्मिक गुरुको भूमिकासँगै नीतिगत विषयमा मात्र आफुलाई सिमित गर्नेछन् ।
चिनिया सरकार अन्तर्गत रहेर तिब्बतका लागि अर्थपूर्ण स्वायत्तता पाउनुपर्ने दलाई लामाको नीतिलाई साङगेले समर्थन गरिसकेका छन् । तर तिब्बत युवा कांग्रेसको पूर्व सदस्य रहेका कारणले पनि साङगेले बढी उदार नीति अपनाउन सक्ने अड्कल काटिएको छ ।