साउदी अरब लगायत कयौ अरब देशहरुले आफ्ना राजदुतहरुलाई सिरियाबाट फिर्ता

साउदी अरब लगायत कयौ अरब देशहरुले आफ्ना राजदुतहरुलाई सिरियाबाट फिर्ता बोलाएका छन।

 

यसैगरी सिरियाका राष्ट्रपति बासिर आसदले सिरियाले सुधारलाई अघि बढाउँदै आइरहेको साथै हिंसात्मक कार्वाहीलाई रोक्दै युद्ध अन्त्य गर्न आवश्यक कदम चाल्ने कुरा अरब लीगद्वारा आह्वान गरिने बताए।

        श्री आसदले राजधानी दमास्कसको भ्रमणमा रहनुभएका लेबनानका विदेशमन्त्री एडनान मन्सुरसँग वार्ता गर्दै सिरियाले सुधार बढाउँदै आइरहेको बताए। कानुनविरोधी र जनतामाथि त्रास-धम्की पुग्ने घटनाको प्रतिरोध गर्दै मुलुकले जनताको सुरक्षा र सामान्य जीवनलाई संरक्षण गर्ने कार्य अनिवार्य तत्वका रुपमा लिएको पनि उहाँले व्यक्त गरे। श्री मन्सुरले अरु मुलुकले सिरियाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामाथि लेबनानले विरोध गर्ने बताए।