लण्डन – बेलायतको टोटनह्याममा प्रहरीले २९ वर्षिय युवक मार्क डगनलाई गोली हानी मारेको घटना पछि भड्किएको हिंसाका क्रममा लण्डनमा व्यापक लुटपाट भएको छ ।
शहरका विभिन्न भागमा आगजनी गरिएको छ भने प्रहरीसंग युवाहरुको मुठभेड भएको छ । राजधानीमा बढ्दो हिंसा र लुटपाटका घटनाका कारण बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आफ्नो ईटली भ्रमण वीचमै रोकेर फर्किनु भएको छ ।
लुटपाट र हिंसाका कारण लण्डन ओलम्पिकको तयारीमा समेत प्रतिकुल प्रभाव परेको छ । युवाहरुले ओलपिकको तयारीका लागि तयार पारिएका संरचनाहरुमा समेत ब्यापक क्षति पु