सन् 2011 का पहिला 6 महिनामा भारतले “विदेशी प्रत्यक्ष लगानी” वा एफ. डी.आई. 16 अर्ब 83 करोड 20 लाख अमेरिकी डलर हासिल गरेको छ। यसरी हेर्दा वर्षेनी हुने यस्तो लगानीमा 57 प्रतिशत वृद्धि भएको देखिएको छ।उक्त कुरा भारतीय उद्योग तथा वाणिज्य मन्त्रालयद्वारा गत सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार, चालु वर्षको जून महिनामा मात्र भारतले 5 अर्ब 65 करोड 60 लाख अमेरिकी डलर विदेशी प्रत्यक्ष लगानी भित्र्याएको छ। जुन गत वर्षको तुलनामा 310 प्रतिशत बढी हो।