अर्घाखाँचीमा ३६ जना परिक्षार्थी निष्कासन

– प्रेमनारायण आचार्य


अर्घाखाँची २५ साउन ।  जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले एसएलसी मौका परिक्षामा परिक्षाको मर्यादा विपरित काम गरेको भन्दै ३६ जना परिक्षार्थीलाई निष्कासन गरेको छ । 


अर्घाखाँचीको भगबती उच्च माबि केन्द्रबाट १९ जना  जनज्योती उच्च माबि केन्द्रबाट ११ जना र अर्घाखाँची आबसीय  उच्च मावी केन्द्रबाट ६ जना परिक्षार्थीहरु गरि ३६ जना परीक्षार्थी  निष्कासन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानाकारी दिए । 


परिक्षाको मर्यादा माथी गएर काम गरिएको अवस्था भेटाएपछि आजको गणीत बिषयको परिक्षाबाट ३६ जना परिक्षार्थीलाई निष्कासन गरिएको खनालले बताए । 


परिक्षा सञ्चालन हुन भन्दा १ हप्ता अगाडी देखी र परिक्षा हलमा प्रवेश गरेपछि पनि परिक्षार्थीलाई सचेत गराईएको भएपनि नियमको कुनै वास्ता नगरेकाले निष्कासन गरिएको कार्यालय जनाएको छ ।






अन्य समाचारहरु