पाकिस्तानको वजिरिस्तान क्षेत्रमा अमेरिकी मानवरहित विमान आक्रमणमा परि २१ जना तालिवान लडाकु मारिए

पाकिस्तानको उत्तर पश्चिम वजिरिस्तान क्षेत्रमा अमेरिकी मानवरहित विमान आक्रमणमा परि कम्तिमा २१ जना तालिवान लडाकु मारिएका छन् । केही अफगानिस्तानसंग सीमा जोडिएको आदीवासी क्षेत्रमा गरिएको आक्रमणमा केही विदेशी लडाकु पनि मारिएको स्थानिय अधिकारीहरुले जनाएका छन् ।

 

उनीहरु हाक्विन संजालका सदस्य रहेको अनुमान गरिएको छ ।

 

अफगानिस्तानमा अमेरिकी सेनामाथि भएका आक्रमणमा यही समुहको संलग्नता रहेको विश्वास गरिन्छ । पाकिस्तानले अमेरिकी मानवरहित विमान आक्रमण आफ्नो सम्प्रभुता माथिको हस्तक्षेप भन्दै विरोध गरे पनि अमेरिकाले भने आक्रमण रोकेको छैन ।