प्रशासनमा यातायात व्यवसायीको धर्ना

– शोभाखर पन्थी

 

अर्घाखाँची साउन २७ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लगायतका ४ वटा यातायात व्यवसायी संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा धर्ना दिएका छन् ।


यातायात व्यवसायीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धी अनुसार वैज्ञानिक भाडादर कायम गरिनुपर्ने भारतीय गाडीहरुको ७२ घण्टे आवागमन बन्द गरिनुपर्ने यातायात सम्वन्धी छु्ट्टै मन्त्रालय स्थापना गरिनुपर्ने जथाभावी गाडी भित्राउने प्रवृतीलाई निरुत्साहित पारिनुपर्ने यातायात व्यवसायीहरुको सुरक्षाको ग्यारेन्टी गरिनुपर्ने लगायतका माग राख्दै विहान १० वजेदेखी ११ वजेसम्म जिल्ला प्रशासन कार्यालयमा धर्ना दएका थिए ।







अन्य समाचारहरु