अमेरिकाद्धारा सिरियाली राष्ट्रपतिलाई सत्ता छाड्न दबाब दिन विश्व समुदायलाई आग्रह

सिरियाली जनतामाथि राष्ट्रपतिले गरेको ज्यादतीका विषयमा विश्वका केही मुलुकको ध्यान केन्द्रित हुनुपर्नेमा अमेरिकाले जोड दिएको छ । अमेरिकाले सिरियामाथि हालै लगाएको प्रतिबन्धको चर्चा गर्दै अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले भारत, चीन, रुस र युरोपेली मुलुकले पनि सिरियामाथि प्रतिबन्ध लगाउन जोड दिएका छन् ।

 

सिरियाली राष्ट्रपतिलाई राजीनामा दिन दबाब दिुनुपर्ने बताउँदै सिरियामाथि प्रतिबन्ध लगाउन जोड दिएका छन् ।

 

स्थानीय अमेरिकी टेलिभीजनलाई अन्तरवार्ता दिने क्रममा क्लिन्टनले सिरियालाई हतियार बेचबिखन बन्द गर्न र उर्जा उद्दोगमाथि प्रतिबन्ध लगाउन रुसलाई सचेत तुल्याएका छन् । सिरियाको मुख्य आय श्रोतको रुपमा रहेको उर्जा उद्दोगमाथि अमेरिकाले हालै लगाएको प्रतिबन्धले सिरियाली राष्ट्रपति संकटमा परेको क्लिन्टनको भनाई छ ।

 

यसैबीच सिरियामा हालै भएको प्रदर्शनका क्रममा २० जना प्रदर्शनकारीको मृत्यु भएको छ ।