अफ्गानी राष्ट्रपति हमिद कार्जाइले हिजो बोल्दै राष्ट्रपतीय पदको कार्यावधि पूरा भएपछि निरन्तर रुपमा यस पदमा बसिनरहने कुरा व्यक्त गर्नुभएको छ। राष्ट्रपति कार्यालयले सूचना प्रकाशित गरेर अफ्गानिस्तानी हालको कानुनअनुसार, अफ्गानमा कुनै पनि व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति बन्न पाउँदैन।
सन् 2004 मा श्री कार्जाइ अफ्गानिस्तानका राष्ट्रपति बनेर सन् 2009 सम्म निरन्तर राष्ट्रपति बन्नुभएको थियो। सन् 2014 मा अफ्गानिस्तानका लागि नयाँ राष्ट्रपतीय निर्वाचन हुनेछ। श्री कार्जाइले संविधानको भावना प्रतिकूल हुनेगरी राष्ट्रपतीय पदमा निरन्तरता गर्ने कुरामा केही विश्लेषकलाई यसपहिले चिन्तित बनाएको थियो।