कम्युनिष्ट मुलुक क्युवामा पहिलो पटक समलिंगी विवाह


एक पुरष र लिंग परिवर्तन गरेकी महिला बीच समलिंगी विवाह

 

कम्युनिष्ट मुलुक क्युवामा पहिलो पटक समलिंगी विवाह भएको छ । एक पुरष र लिंग परिवर्तन गरेकी महिला बीच समलिंगी विवाह भएको हो । क्युवामा समलिंगी विवाह गैर कानुनी मानिन्छ । तर दुलही वेन्डी इरिएपा कानुनी रुपमा महिला हुन् । वेन्डी इरिएपाका दुलहा इग्नासिलो इष्ट्राडा एचआइभी पोजिटिभ हुन् । विवाहित नवजोडीले आफुहरुको विवाह क्यूवाका पूर्व राष्ट्रपति फिडेल क्याष्ट्रोको जन्मदिनको उपहार भएको बताएका छन् ।

 

क्युवामा लिंग परिवर्तनलाई वैधानिक मानिन्छ । क्यूवामा लामो समय देखी समलिगी पुरुष र महिलाहरु सरकारी भेदभावको शिकार बन्दै आएका छन् । उनीहरुलाई क्रान्तिको शुरुवाती दिनमा श्रम शिविरमा पठाइन्थ्यो ।

 

तर फिडेल क्याष्ट्रोका भाई राहुल क्याष्ट्रोले सत्ता सम्हालेपछि भने समलिंगी अधिकारको क्षेत्रमा उल्लेख्य सुधारहरु भएका छन् ।

Photo