लिवियाको पश्चिमी शहर जावियामा विद्रोही र सरकारी सेनाबीच भीषण संघर्ष
श्रावण २९ गते, २०६८ मा प्रकाशित
लिवियाको राजधानी ट्रिपोलीदेखी ३० किलोमिटरको दुरीमा रहेको पश्चिमी शहर जावियामा विद्रोही र सरकारी सेनाबीच भीषण संघर्ष भएको छ ।
विद्रोहीले जाविया शहरबाट सरकारी सेना भागेको र शहर आफुहरुको नियन्त्रणमा रहेको दाबी गरेको छ । सरकारी सेनाले जावियामा आफ्नो नियन्त्रण गुमाए ट्रिपोलीको अरु शहरसंगको सम्पर्कबाट पूरै टुट्ने बताइएको छ । तर लिविया सरकारका सुचना मन्त्री मुसा इब्राहिमले यसको खण्डन गरेको छ ।
जाविया शहर पश्चिमी लिवियास्थित रणनीतिक हिसाबले महत्वपूर्ण मानिन्छ । गत फेब्रुअरीमा ट्युनशिया र इजिप्टमा सरकार विरोधी प्रदर्शन र सत्ता परिवर्तन पछि लिवियामा पनि सरकार विरोधी प्रदर्शन तिब्र बनेको हो । विद्रोहीले ४२ वर्ष देखी शासन गरिरहेका कर्णेल गद्धाफीले सत्ता त्याग्नु पर्ने भन्दै संघर्ष गरिरहेका छन् । तर नेटोको हवाई आक्रमण, विद्रोहीसंगको कडा संघर्ष र चर्को अन्तर्राष्ट्रिय दबाबका बाबजुत गद्धाफीले सत्ता छाड्ने कुनै संकेत दिएका छैनन् ।