– स्वतन्त्रता संग्रहका नेता महात्मा गान्धीको जस्तै सेतो कमिज, धोती लगाउने र चस्मा लगाउने हजारेको भ्रष्टाचारविरोधी अभियानको समर्थनमा बिहानैदेखि भारतभरि नै प्रदर्शन भएका छन्। अनसन थाल्ने घोषणा गरेपछि उनलाई हिजो दिल्ली प्रहरीले पक्राउ गरेको थियो। उनी बस्दै आएको मयुर बिहारबाटै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। अदालतले सात दिन न्यायिक हिरासतमा राख्ने अनुमति दिएपछि उनलाई तिहाड जेल पठाइएकोमा उनले त्यहीँ अनसन सुरु गरेका हुन्। रिहाइको आदेश दिए पनि उनले जेपी पार्कमा अनसन बस्न दिने भए मात्र जेल बाहिर निस्कने अडान लिएका छन्।
नयाँ दिल्ली – भारतमा भ्रष्टाचार विरुद्ध आमरण अनशन बस्ने तयारीमा रहेका सामाजिक अभियन्ता अन्ना हजारेलाई नयां दिल्ली प्रहरीले हिजो पक्राउ पछि राती नै रिहा गर्न बाध्य भएको छ । तर हजारेले भने विना शर्त रिहाईको माग गरेका छन् । बिहारको तिहाड जेलमै ४० कैदीसँगै अनशन बसेका हजारेले जे पी पार्कमा अनशन बस्न पाउनु पर्ने अडान लिएका छन् । गान्धीवादी ७४ बर्षीय हजारे सहित उनका करिब १३ सय समर्थकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
सरकारको अनुमति बिना अनशन नगर्न दिएको निर्देशन अस्वीकार गरेको भन्दै हजारेलाई एक हप्ता न्यायिक हिरासतमा राख्न आदेश दिइएको थियो । तर चौतर्फी दबाब पछि पक्राउ परेको केही घण्टा पछि नै उनलाई छाड्न भारत सरकार बाध्य भएको थियो । हजारेका समर्थकहरुले उनको पक्राउको विरोधमा इण्डिया गेटबाट संसद भवन सम्म