सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल सरकारले “२०६८ – २०६९”को बजेट भाषणमा सन्धिखर्क लाई नगरपालिका घोषणा गरेपछी अर्घाखाँची बासीमा खुसीयाली छायो तर खुसी सँगै बिरोधका स्वर पनि घन्किए । भौगोलिक अध्ययन र स्थानिय बस्तुस्थितीको अध्ययन नै नगरि हचुवाको भरमा नगरपालिका घोषणा गरिएको भनेर बिरोध गरिएको हो।
नगरपालिका भित्र नपरेका तर सन्धिखर्क बजार आस-पासका गाविसका जनताको तिब्र बिरोध पछी अन्तत: स्थानिय ४ वटा गाविसलाई समेट सन्धिखर्क नगरपालिकामा समाहित हुने गरी नगरपालिकाको वार्ड बिभाजन गरी नयाँ नयाँ प्रस्ताव स्वीकृतका लागि केन्द्रमा पठाइएको छ।
नयाँ ढाचा अनुसार नयाँ नगरपालिकाको नाम सन्धिखर्क नगरपालिका रहने र त्यसभीत्र नयाँ थपिएका चार गाविस सहित जम्मा सात वटा गाविस रहने भएका छन ।
गत मंगलबार जिविसमा बसेको जिल्ला स्थित सर्बदलिय एबम सर्ब पक्षिय समितीको बैठकले नगरपालिकामा नयाँरुप रेखा लगाएको हो।
बैठकमा जिल्लाका सर्बदलिय संयन्त्र, मालपोत कार्यालयका प्रमुख, नापी शाखाका प्रमुख,स्थानिय बिकास अधिकारी, ईन्जिनियर एवम प्राबिधिक टोली समेतको उपस्थिती थियो।
नयाँ र पुराना गरी कुल ७ वटा गाबिसलाई मिलाई नगरपालिकामा १५ वटा वार्ड हुने गरी वार्ड बिभाजन गरी केन्द्रमा नयाँ प्रस्ताब पठाइएको हो।
नयाँ थपिएका गाविससगै सन्धिखर्क नगरपालीकाको अवस्था यस्तो हुने छ :सन्धिखर्क गाबिसका पुराना वार्ड न.४,५ र ६ नयाँ नगरपालिकाको वार्ड न् १ हुने तथा र पुराना वार्डहरु ७,८,र ९ वार्ड नयाँ नगरमा वार्ड न.२ हुने छन।
त्यसै गरी पुराना वार्ड १,२,३ नयाँ नगरपालिकामा वार्ड न.३ हुने छ।
वाङ्ला गाबिसका पुरानो वार्ड न. १,२,३,४ र ५ लाई नगरपालिकामा वार्ड न.४ मा राखिने भएको छ भने वाङ्लाकै पुराना वार्ड न. ६,७,८,र ९ लाई नयाँ नगरपालिकामा वार्ड न.५ हुने गरी राखिएको छ।
नरपानी गाविसको पुरानो वार्ड क्रमस: १,२,३,५ र ६ लाई नयाँनगरमा वार्ड न.६ हुने गरी समावेश गरिएको त्यसै गरी पुराना वार्ड ४,७,८,र ९ लाई नयाँ नगरमा ७ नम्बर वार्ड गरिएको छ।
खाचिकोट गाबिसका पुराना वार्डहरु क्रमस ७,८,९,१,र ३लाई नयाँ नगरपालिकामा वार्ड न. ८ हुने गरी , त्यसै गरी वार्ड न् २,४,५,६ लाई नयाँ नगरपालिका मा वार्ड न् ९ हुने गरी बिभाजन गरिएको छ।
किमडाडा गाबिसका पुराना वार्डहरु क्रमस:१,२,३ र ५ लाई नयाँ नगरपालिकामा वार्ड न् १० हुने गरी त्यसै गरी वार्ड न.,६,७,८,र ९ लाई नयाँ नगरमा वार्ड न् ११ हुने गरी प्रस्ताव गरिएको छ।
अर्घा गाबिसका पुराना वार्डहरुमा क्रमस वार्ड न् १,२,३,४ र ८ लाई नयाँ नगरमा वार्ड न् १२ हुने गरी र वार्ड न् ५,६,७,र ९ लाई नयाँ नगरमा वार्ड न् १३ हुने गरी समाबेश गरिएको छ ।
डिभर्ना गाबिसका पुराना वार्ड न.१,२,३ र ४ लाई नयाँ नगरपालिका को वार्ड न् १४ मा समाबेश हुने गरी र ५,६,७,८,र ९ लाई नयाँ नगरपालिकाको वार्ड न १५ हुने गरी समाबेश गरिएको छ।
यस्तो सरचनामा सन्धिखर्क नगरपालिका भित्र जम्मा १५ वार्ड रहने छन ।
सोही अनुसार सोही सन्यन्त्रलेनै नयाँ नगर वार्ड हरुको नयाँ चूनाबी केन्द्रहरुलाई पनि एकै साथ निर्धारण गरेको छ। जस अनुसार वार्ड न.१ सन्धिखर्क को चूनाबि केन्द्र अर्थात् नगरपालिकाको वार्ड कार्यालय सन्धिखर्क,२ न.वार्डको कार्यालय वार्ड न् २ को चुत्राबेसी,३ को बराहनेटा केन्द्र हुने गरी र वार्ड न् ४ को नागेंठाटी तोकेको छ।
वार्ड न ५ को बरपोखरा, वार्ड न् ६ को भुवनडाडा,७ को नरपानी, वार्ड न.८ को उपल्लो किटेनी चौपारी र वार्ड न.९ को गच्छे बजार, वार्ड न.१० को लामीडाडा नेराप्राबि भएको स्थानमा त्यसैगरी वार्ड न् ११ को सिमलपाटा , वार्ड न् १२ को राइसचौर, वार्ड न् १३ को धरमपानी केन्द्र हुने गरी त्यसै गरी वार्ड न.१४ को पुरानै गाबिस विजय माबि डिभर्ना कार्यालय हुने गरी र वार्ड न् १५ को झेडी कार्यलय र केन्द्र हुने गरी नयाँ प्रस्ताव गरेका छन।
स्थानिय बिकास अधिकारी पुण्य बिक्रम अधिकारीको सयोजकत्वमा सम्पन्न भएको कार्यक्रम पछी समाबेशी ढंगको सरचनाबाट नगरपालिकामा समावेश गरिएका गाविस खाचीकोट, अर्घा, किम्डाडा र डिभ्रर्ना यि गाबिसका पुरा वार्डहरुलाई नगरपालिकामा समाबेश गरीएकोमा यि गाबिसका स्थानियबासीहरु अहिले खुशी भएका छन।