स्पेनको राजधानी मड्रिडमा पोप बेनेडिक्ट सोह्रौंको भ्रमणलाई लिएर व्यापक विरोध प्रदर्शन भएको छ । पोपको यात्रामा हुने खर्चलाई लिएर सय भन्दा बढी संघसंगठनले विरोध जनाएको बताइएको छ ।
मड्रिडको चर्चित सोल स्वायरमा हजारौंको संख्यामा जम्मा भएका प्रदर्शनकारीलाई हटाउने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
आर्थिक संकटबाट गुज्रिरहेको स्पेनमा सरकारले खर्चमा कटौति गर्न लागिरहेको बेला विश्व युवा दिवसको अवसर पारेर पोपको भ्रमण हुन लागेको हो । आयोजकहरुले पोपको भ्रमणको खर्च आमसर्वसाधरणबाट संकलन गरिने जनाएका छन् ।
छ दिने यो दिवसमा विश्व भरका करिब १० लाख युवा मड्रिडमा जम्मा हुने आयोजकको अनुमान छ । स्पेनमा हाल वेरोजगारीको दर यूरोपेली संघका देशहरु मध्ये सबैभन्दा बढी २१ प्रतिशत छ ।