इरानद्धारा आणविक समस्यामा कुनै पनि दबाब स्वीकार नगर्ने दाबी

रुसको भ्रमणमा रहनुभएका इरानी विदेशमन्त्री अलि अकाबर सालेहीले हिजो मास्कोमा इरानको आणविक समस्याबारेको वार्ता पुन:आयोजना गर्ने इच्छा इरानले लिएतापनि अरु पक्षलाई कुनै पनि दबाब दिन छुट नदिने बताउनुभएको छ।

          इरानका विदेशमन्त्री श्री सालेहीले हिजै रुसका विदेशमन्त्री सेर्गै लाभरोभसँग वार्ता गरेपछि आयोजित सँयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, सहयोग तथा वार्ता इरानको आणविक समस्याको समाधान गर्ने सबैभन्दा राम्रो तवर भएको ठहर पनि इरानले गरेको छ।

          हिजै इरानको आणविक संगठनका अध्यक्ष फेरैदुन आबासि दाभानीले सञ्चार माध्यमसँग कुराकानी गर्दै चालुवर्षको नोभेम्बरको मध्यकाल अथवा डिसेम्बरमा त्यसको पहिलो आणविक उर्जा केन्द्र-बुशहर आणविक उर्जा केन्द्रको स्थापना समारोहको आयोजना गर्ने योजना इरानले गरेको पनि बताउनुभयो।