पाकिस्तानमा विपक्ष नेता नवाज शरिफद्धारा नयाँ संसदीय चुनावको माग

पाकिस्तानको विपक्ष समूहका नेता नवाज शरिफले नयाँ संसदीय चुनावको माग गर्नु भएको छ । साथै उहाँका अनुसार यस माध्यम नै देशको समस्याको एक मात्र हल हो ।

         भूतपूर्व प्रधान मन्त्री तथा पाकिस्तान मुश्लिम लिग पिएमएल एनका नेता शरिफले एक अन्तर्वार्तामा राष्ट्रपति असिफ अलि जर्दारीलाई चार महिनाअघि नै नयाँ चुनाव गराउन सुझाव दिएको बताउनु भयो । साथै राष्ट्रपतिले उनको यस सुझाव अस्वीकार गरेको पनि बताउनु भयो ।

         उहाँले हालको सरकारले जनताको भावना बुझ्न नसकेको र नयाँ प्रतिनिधी आवश्यक भएको पनि बताउनु भयो ।

         थाहा भए अनुसार अरु विपक्ष पार्टीले पनि यसअघि नै हालको सरकारको विघटन गरी नयाँ चुनावको माग राखेको थियो ।