लेबनानको भ्रमणमा गर्नुभएका प्यालेष्टिनी राष्ट्रिय परिषद्का अध्यक्ष मोहमद अब्बासले हिजो बेरुतमा हालसम्म विश्वका १ सय २२ मुलुकले प्यालेष्टाइन संयुक्त राष्ट्र संघमा प्रवेश गर्ने कुरामा समर्थन दिएको कुरा व्यक्त गर्नुभएको छ।
श्री अब्बासले 16 तारिखका दिन लेबनानको 2 दिने औपचारिक भ्रमण गर्न बेरुत पुग्नुभएको हो।भ्रमणको अवसरमा उहाँले लेबानानी राष्ट्रपति मिचेल सुलेइमानसँग भेट-वार्ता गर्नुभयो।यसका साथै प्यालेष्टाइन संयुक्त राष्ट्र संघमा प्रवेश गर्ने कुराको आफ्नो देशले समर्थन गरेको कुरा लेबानानका नेतागणले स्पष्ट रुपमा बताउनुभयो।हाल लेबनानले प्यालेष्टाइनसँग सम्पूर्ण कूटनैतिक सम्बन्ध स्थापना गर्ने कुरा पनि घोषणा गरेको छ।