अफ्गानिस्तानका आन्तरिक मन्त्रीले एक वक्तव्य जारी गर्दै भने-स्थानीय समय गत बिहीबार बिहान साढे आठ बजेतिर दुई स्थानमा गाडीलाई एम्बुसमा पारिएको थियो। मिनिबससमेत एम्बुसमा पारेर बम प्रहार गर्दा २४ सर्बसाधारणको मृत्यु भयो भने एघार घाइते भए।
जनाइएअनुसार, मर्नेहरूमा पाँच जना महिला परेका छन् भने घाइतेहरूमध्ये सात जना बालबालिका परेका छन्।
तालिवान बिद्रोहीले बिस्फोटको जिम्मवारी लिएको छ ।