भ्रष्टाचारविरुद्ध प्रभावशाली लोकपाल कानुनको माग राखेर अनशन बसेका भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारेले आज भारतीय संसदको स्थायी समिति समक्ष लोकपाल विधेयकको मस्यौदा पेश गरेका छन् ।
उनले विदेशमा रहेको कालो धन स्वदेशमा फिर्ता ल्याउनुपर्ने लगायतका विषय समेटेर विधेयकको मस्यौदा संसदीय समितिमा पेश गरेका हुन् । यसअघि आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै हजारेले देशको परिवर्तन र विकासका लागि भ्रष्टाचारको अन्त्य हुनुपर्नेमा जोड दिए । परिवर्तनका लागि यूवाहरुनै अग्रसर हुनुपर्ने भन्दै उनले आफुले थालेको आन्दोलनमा भारतीय जनता पार्टी र राष्ट्रिय स्वयमसेवक संघको हात रहेको आरोपको खण्डन गरे ।
सरकारले ल्याउन लागेको लोकपाल विधेयक पूर्ण नभएको भन्दै रामलिला मैदानमा अनसन बसेका हजारेलाई लाखौ भारतीय जनताले साथ दिएका छन् ।