लिवियाको राजधानी ट्रिपोलीमा गद्धाफीका बफादार सेना र विद्रोहीहरुबीचको भीषण युद्द पछि गद्धाफीको निवास परिसर बाब-अल अज़ीज़िया कब्जा
भाद्र ७ गते, २०६८ मा प्रकाशित
लिवियाको राजधानी ट्रिपोलीमा कर्णेल गद्धाफी समर्थक फौज र विद्रोहीहरुबीच भीषण संघर्ष भइरहेको छ भने कम्तिमा पनि ९०% क्षेत्र बिद्रोहीले आफ्नो कब्जामा लिईसकेका छन।
संघर्षको क्रममा विद्रोहीले गद्धाफीको निवास परिसर बाब-अल अज़ीज़िया कब्जा गरेका छन् । जहाँ विद्रोहीहरुले विजय उत्सव मनाएका थिए भने बाब-अल अज़ीज़िया परिसर भित्र रहेका कयौ महत्वपूर्ण बस्तुहरु लुट्पाट – चोरी हुन थालेका छन।
विद्रोहीहरुले गद्दाफ़ीको बाब-अल अज़ीज़िया परिसरमा रहेको मूर्ति तोडफोड गरेका थिए।
अहिले गद्धाफी परिवार सहित कहाँ छन थाहा हुन सकेको छैन । कयौ कर्णेल गद्धाफी समर्थक फौजले आत्मसम्प्रपण गरेका छन।
यसैगरी लिवियाको राजधानी ट्रिपोली स्थित रिकोस होटलमा कर्णेल गद्धाफी समर्थक फौज र विद्रोहीहरुबीच भीषण संघर्ष भइरहेको छ । ६ महिनादेखि गद्धाफीको सरकारविरुद्ध संघर्षरत विद्रोहीले आईतबार ट्रिपोली प्रबेश गरी शहर कब्जा गर्ने प्रयास थालेका थिए ।
शुरुमा सहज रुपमा शहर प्रबेश गरे पनि अहिले उनीहरुले गद्धाफी समर्थक सरकारी फौजको कडा प्रत्याक्रमणको सामना गर्नु परिरहेको जनाइएको छ । विद्रोहीले आफ्नो कब्जामा रहेका भनी प्रचार गरे पनि गद्धाफीका छोरा सेफ अल ईस्लाम गद्धाफीले आफ्ना समर्थकहरुबीच उपस्थित भएर पत्रकार सम्मेलन गरी विद्रोहीको मेरुदण्ड भाच्न सफल भएको दावी गरेका छन् ।
३९ वर्षिय इस्लाम गद्धाफीले विद्रोहीहरुलाई धरापमा पारी सरकारी फौजले कारबाही गरिरहेको बताएका छन् । गद्धाफीको उत्तराधिकारी मानिएका उनले आफ्ना बुबा गद्धाफी पनि ट्रिपोलीमा सुरक्षित रहेको दाबी गरे । विद्रोहीहरुले हिजो मात्र गद्धाफीका दुई छोरालाई पक्राउ गरेको दाबी गरेका थिए । सरकारी फौजको प्रत्याक्रमण सामना गर्न नसकी ट्रिपोलीबाट विद्रोहीहरु पछि हटिरहेको बताइएको छ । विद्रोहीले गद्धाफीको निवास कब्जा गर्ने प्रयास जारी राख्दा सरकारी फौजबाट कडा प्रत्याक्रमणको सामना गर्नु परेको छ ।
यसैबीच, राष्ट्रसंघका महासचिव बान कि मुनले न्युयोर्कमा पत्रकार सम्मेलन गरी लिवियाको राष्ट्रिय संक्रमणकालिन परिषद्संग सम्पर्क कायम गरी युद्धपछिको अवस्थामा जस्तोसुकै सहयोग उपलब्ध गराउन राष्ट्रसंघ तयार रहेको जनाउनु भएको छ ।