लिबियाको विपक्षी समूहले राजधानी त्रिपोलीको धेरैजसो भाग नियन्त्रण गरेको घोषणा गरेपछि अन्तर्राष्ट्रिय समाजले लिबियालाई अधिकार हस्तान्तरणलाई साकार तुल्याउन आह्वान् गरेको छ।
सोही दिन अरब लीगले एउटा वक्तव्य जारी गर्दै लिबियाको “राष्ट्रिय सङ्क्रमणकालीन परिषद”ले नयाँ चरणको राजनीति स्थापना गर्न र लिबियाको स्वतन्त्रता, सार्वभौमिकता र प्रादेशिक अखण्डताको संरक्षण गर्नका लागि गरेको प्रयास सफल हुने जनाएको छ।
इजिप्टका विदेशी मन्त्री मोहमद कामेल अमिरले सोही दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै लिबियाको राष्ट्रिय सङ्क्रमणकालीन परिषद” लिबियाको नयाँ अधिकारिक प्रतिनिधि भएको कुरा स्वीकारेको घोषणा गर्नुभयो।