लिवियाको राजधानी ट्रिपोलीमा गद्धाफी समर्थक सरकारी फौज र विद्रोहीहरुबीच फेरी भीषण लडाईं,गद्दाफीलाई भेटाउनेलाई $१.६७ मिलियन
भाद्र ८ गते, २०६८ मा प्रकाशित
लिवियाको राजधानी ट्रिपोलीमा गद्धाफी समर्थक सरकारी फौज र विद्रोहीहरुबीच फेरी भीषण लडाईं भएको छ। यस अघी विद्रोही पक्षले ९०% ट्रिपोली आफ्नो नियन्त्रणमा रहेको जनाएको थियो।
उता बिद्रोहीपक्षले गद्दाफीलाई जिउदो वा मृत्य भेटाउनेलाई १.६७ मिलियन अमेरिकन डलर उपहार दिने घोषणा गरेको छ।
यस अघी लिवियाको राजधानी ट्रिपोलीमा विद्रोहीहरुले गद्धाफीको निवास क्षेत्र बाब अल अजिया नियन्त्रणमा लिएका थिए। विद्रोहीहरुले निवास कब्जा गर्दा त्यहां गद्धाफी समर्थक कोही पनि फेला नपरेको बताईएको छ ।
कर्नेल गद्धाफीले मृत्यु या विजयका लागि आफ्ना समर्थकहरुलाई आह्वान गर्दै आफु कम्पाउण्डबाट पछि हट्नु रणनीतिक कदम मात्र भएको दाबी गरेका छन् । ट्रिपोलीको स्थानिय रेडियोमा बोल्दै गद्धाफीले नेटो र विद्रोही विरुद्धको संघर्षमा शहिद हुने वा विजय हुने बताए ।
उनले आफ्नो कम्पाण्डमा नेटोले हवाई आक्रमण गरेको जिकिर गरे ।
कर्नेल गद्धाफी कहां छन् भन्ने बारे केही खुल्न सकेको छैन । यो क्षेत्रलाई गद्धाफीको नियन्त्रणमा रहेको ट्रिपोलीको अन्तिम क्षेत्र मानिएको थियो । विद्रोहीहरु ट्रिपोलीको ग्रिन स्क्वायरमा जम्मा भई खुशीयाली मनाइरहेका छन् ।
विद्रोहीहरुले बाब अल अजिया नियन्त्रणमा लिएपछि गद्धाफीको शालिक भत्काउदै त्यसलाई हिर्काएर जीत मनाएका छन् । गद्धाफी र उनको परिवार पक्राउ नपरे सम्म जीतको वास्ताविक उत्सव मनाउन भने बांकी रहेको बताइएको छ ।
लिवियामा ६ महिनादेखि गद्धाफीको सरकारविरुद्ध संघर्षरत विद्रोहीले आईतबार ट्रिपोली प्रबेश गरी शहर कब्जा गर्ने प्रयास थालेका थिए ।
शुरुमा सहज रुपमा शहर प्रबेश गरे पनि अहिले उनीहरुले गद्धाफी समर्थक सरकारी फौजको कडा प्रत्याक्रमणको सामना गर्नु परको थियो । हिजो मात्र विद्रोहीले आफ्नो कब्जामा रहेका भनी प्रचार गरे पनि गद्धाफीका छोरा सेफ अल ईस्लाम गद्धाफीले आफ्ना समर्थकहरुबीच उपस्थित भएर पत्रकार सम्मेलन गरी विद्रोहीको मेरुदण्ड भाच्न सफल भएको दावी गरेका थिए ।