जापानका प्रधानमन्त्रीद्बारा औपचारिक रुपमा राजीनामा

जापानका प्रधानमन्त्री कान नाओटोले आज दिउँसो डेमोक्रेटिक पार्टीको नेताको सम्मेलनमा औपचारिक रुपमा डेमोक्रेटिक पार्टीको नेताको पदबाट नै राजीनामा औपचारिक रुपमा दिनुभएको छ।

         यसअघि श्री कानले औपचारिक राजीनामा दिने शर्तबारे केही कुरा व्यक्त गर्नुभएको थियो। यस शर्त भनेको के हो भने “सार्वजनिक ऋणबारेको विशेष कानुन”तथा “नवीकरणीय ऊर्जाको कानुन”काङ्ग्रेसमा पारित गर्नु हो। यी दुईवटा कानुन आज बिहान सिनेटबाट पारित भई औपचारिक रुपमा लागु भएको छ।

         हाल सत्तारुढ पार्टी डेमोक्रेटिक पार्टीले उनन्तीस तारिखका दिन नयाँ नेताको निर्वाचनको आयोजना हुनेभएको छ। नयाँ नेताको काङ्ग्रेसबाट तय भएपछि निश्चित निर्वाचनमार्फत जापानी नयाँ प्रधानमन्त्री छानिनेछ।