एउटै कम्युनिष्ट पार्टी निर्माणमा नेताहरुको जोड
– हरिप्रसाद भुसाल
भदौ ०९ अर्घाखाँची । विभिन्न राजनीतिक दलका नेताहरुले व्यक्तिगत स्वार्थ र संकिर्णता त्यागेर एउटै कम्युनिष्ट पार्टी निर्माणमा जोड दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी मसालका केन्द्रीय सदस्य लिलानाथ कुसुम -जलन को दुखद् निधन भएको अवस्थामा राष्टिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीद्धारा अर्घाखाँचीमा आयोजित श्रद्धान्जली सभामा वोल्ने वक्ताहरुले एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै राष्टिय जनमोर्चाका केन्द्रीय सदस्य सागर केसीले निस्वार्थी मध्येका एक लिलानाथको निधनले नेपालको राष्टवादी आन्दोलनलाई बोझिलो धक्का प्रहार गरेको धारणा राखे । उनले कम्युनिष्ट पार्टिहरु एक भएर मात्र उहाँको सपना साकार पार्न सकिने विचार व्यक्त गरे ।
कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका केन्द्रीय सल्लाहकार राजु नेपालीले माक्स्रवादमा विश्वास गर्ने कम्युनिष्ट पार्टीहरु एक ढिक्का भएमा मात्र मृतक प्रति सच्चा श्रद्धान्जली हुने बताए । उनले सम्पूर्ण कम्युनिष्टहरु एक भएमा मात्र वर्गिय मुक्ति सम्भव भएको तर्क अगाडी सारे ।
नेकपा एमालेक जिल्ला अध्यक्ष रामजी प्रसाद घिमिरेले विशाल छाती वनाएर एकताको पकि्रयामा बढेमात्र मृतक प्रति सच्चा श्रद्धान्जली हुने बताए । उनले आफ्नो पार्टी सिद्धान्तको अपव्याख्या गरी कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्ने र कमजोर वनाउने सोंचको विपक्षमा रहेको दावी गरे । संकिणतावादबाट माथी उठ्न नसक्ने हो भने िसंगो जीवन नै कम्युनिष्ट आन्दोलनमा खर्चिनेहरुको सपना साकार हुन नसक्ने उल्लेख गर्दै एकताको बाटोमा अगाडि वढ्न सवैलाई आग्रह गरे ।
कार्यक्रममा शोक मन्तव्य राख्दै नेपाली कांग्रेसका जिल्ला अध्यक्ष कमल प्रसाद भुसालले लिलानाथ मसालका मात्र नभइ राष्टको नेता भएको भन्दै उनको निधनले राष्टलाई नै धक्का पुगेको उल्लेख गरे ।
त्यसैगरी कार्यक्रममा नेपाली जनता दलका जिल्ला अध्यक्ष हरिप्रसाद भुसालले राष्टवादी र निस्वार्थि नेताको खडेरी लागेका अवस्थामा लिलानाथको निधनले राष्टलाई नै झक्झकाएको उल्लेख गरे । उनले आ आफ्ना स्वार्थ थाती राखेर अगाडी नवढ्ने हो भने लिलानाथको सपना बमोजिम गरिखानेहरुको शासन ल्याउन नसकिने दावी गरे ।
कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष देवी वहादुर खड्का र अखिल नेपाल किसान संघका केन्द्रीय सदस्य भेष बहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम राष्टिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष सिद्धी भट्टराईको सभापतित्व र राजमो सचिव थम्मन केसीले सचालनमा सम्पन्न भएको थियो ।
The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial policy.
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.