उनले राखेका तीन वटै शर्त भारतको लोकसभा र विधानसभाले स्वीकार गर्दै स्थायी समितिमा सकल्प प्रस्ताव पठाउने निर्णय गरेपछि उनले अनशन तोड्ने घोषणा गरेका हुन् ।
यस अघी उनले ‘म भोली बिहान १० बजे अनसन तोड्छु, खुशी मनाउनका लागि तपाईहरु सबै आउनु होला’ अन्नाले सरकारी प्रतिनिधिले प्रधानमन्त्रीको पत्र पढेर सुनाएपछि रामलीला मैदानमै घोषणा गरे, ‘यो जनलोकपाल विलको आधा जीत हो ।’
यसलाई भारतीय सञ्चार माध्यमहरुले भारतीय लोकतन्त्रको जीत भनेको छ । भारतमा विगत ४० बर्षदेखि चर्चामा रहेको तर, बन्न नसकेको भ्रष्टाचार विरोधी कानुन बनाउन अन्ना गत अप्रिलमा पहिलो पटक अनशन बसेका थिए । त्यसवेला अन्नाका समुहलाई पनि विद्येयक निर्माण समितिमा राखेपछि अनशन तोडिएको थियो ।
तर, उनले उक्त सयुक्त विद्येयक निर्माण प्रकृयामा धोका भएको बताएभने सरकारले आफ्नो तर्फबाट लोकपाल विद्येयक ससदमा प्रस्तुत गरियो । तर, अन्ना र उनका समर्थकहरुले त्यसको विरोध गर्दै उक्त सरकारी विद्येयकले छुटाएका तीन वटा बुँदा पार्नु पर्ने माग गरे ।
प्रधानमन्त्रीले अनसन तोड्न गरेको आग्रह पत्रको जवाफमा उनले सबै कर्मचारी जनलोकपाल अन्तरगत ल्याउनु पर्ने, राज्यहरुमा लोकपाल आयुक्त नियुक्त गर्नुपर्ने र नागरिक वडापत्र लागु गर्नु पर्ने तीन माग अघि सारे ।
शनिबार बसेको भारतीय ससदको सयुक्त बैठकले यि तीनै मागलाई सम्बोधन गर्दै ससदको स्थायसमितिमा रहेको सरकारी लोकपाल विलमा थप्नका लागि सकल्प प्रस्ताव त्यहाँ पठाउने निर्णय गर्यो ।