लिबियाका दुई पक्षबीच युद्ध जारी


 

लिबियाको विपक्षी शक्ति र गद्धाफी समर्थक फौजबीच त्रिपोली र साबाहा आदि क्षेत्रमा निरन्तर रुपमा युद्ध भएको छ। संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले हिजै भाषण दिएर युद्धपछि पुनःनिर्माणमा संयुक्त राष्ट्र संघले मुख्य रुपमा समन्वयात्मक भूमिका खेल्नुपर्ने बताउनुभएको छ।

नेटोको पछिल्लो सूचनाअनुसार, 25 तारिखका दिन नेटोले त्रिपोली र गद्धाफीको जन्मथलो सौल्ट क्षेत्रमाथि मुख्य रुपमा प्रहार गरेको थियो।


संयुक्त राष्ट्र संघको आग्रहमा युरोपेली संघ, अफ्रिकी संघ, अरब लिग र इस्लामिक सहयोग संगठन आदि सम्बन्धित क्षेत्र र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधिहरुले भिडन्तपछि लिबियाको पुनःनिर्माणबारे टेलिभिजन र टेलिफोन बैठक गरेका छन्। बैठकपछिको पत्रकार सम्मेलनमा सहभागी विभिन्न पक्षले लिबियाको स्थिर अन्तरिम अवधिको महत्वमा जोड दिएको कुरा श्री बान कि मूनले व्यक्त गर्नुभएको छ।