अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टिना लगार्दले हिजो वाशिङ्गटनमा विश्वको अर्थतन्त्रले “नयाँ खतरनाक अवधि”मा प्रवेश गरिसकेको हुनाले विश्वका मुलुकहरुले आपसी सहयोग गरी विश्वासको पुन:स्थापना गर्ने तथा आर्थिक विकास अघि बढाउने गतिबिधि चलाउनुपर्ने कुरा व्यक्त गर्नुभएको छ।
श्री क्रिस्टिना लगार्दले अमेरिकी फेडरल रिजर्भ बोर्डको वार्षिक आर्थिक गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, विश्वको अर्थतन्त्र निरन्तर रुपमा बढेतापनि अहिले त्यसको बृद्धि दर झर्ने खतरा निरन्तर रुपमा बढेको देखिन्छ।
हिजै जर्मनीका वित्तीय मन्त्री वोल्फगाङ स्चाउबलले युरोको प्रयोग गर्ने मुलुकहरुले अर्थतन्त्रलाई सुदृढ पार्नका लागि किफायती कदम चालेको कारण विश्वको अर्थतन्त्र आगामी सात वर्षमा मन्द गतिले बृद्धि हुनसक्ने सम्भावना रहेको कुरा वताउनुभयो।