समुद्री आँधी आइरिनका कारण अमेरिकाका बिभिन्न राज्यमा अहिले सम्म १८ जनाको मृत्यु
भाद्र १२ गते, २०६८ मा प्रकाशित
LIVE: (न्यूयोर्कबाट प्रत्क्षय लाईभ)अमेरिकामा आइरिन नामको भीषण समुद्री तुफान-आँधी उत्तरी क्यारोलीनाको तटीय क्षेत्रलाई असर पार्दै वासिङटन र न्यूयोर्क शहरसम्म पुगेको सकेको छ भने खतराको स्थित कम रहेको छ।
समुद्री आँधी आइरिनका कारण अमेरिकाका बिभिन्न राज्यमा अहिले सम्म १८ जनाको मृत्यु भईसकेको छ ।
समुद्री आँधी आइरिनका कारणन्यूयोर्क पूर्ण रुपमा प्रभावित रहयो । अहिले खतराको स्थित कम भएको छ। अहिले न्यू योर्कमा सामान्य गाडी चल्न शुरु गरेका छन भने भोली देखी स्थित सामान्य हुँदैजाने न्यू योर्कका मेयरले बताएका छ।
१ सय ५५ किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढेको समुद्री आँधी आइरिनले नर्थ क्यारोलिना, भर्जिनिया, र फ्लोरिडामा व्यापक क्षति पु-याएको छ ।
यस अघी आंधीको खतरालाई ध्यानमा राखी २० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको अधिकारीहरुले जनाएका थिए। न्यूयोर्कको तल्लो तटिय क्षेत्रका ३ लाख मानिसलाई घर छा्ड्न भनिएको थियो।
आँधीबाट हुनसक्ने सम्भावित खतरालाई ध्यानमा राखी तटीय क्षेत्रका बस्ती खाली गराउने कार्य अहिलेसम्मकै बृहत भएको बताइएको छ । रेडक्रस लगायतका संस्थाहरुले घरवारविहीनहरुका लागि विभिन्न क्षेत्रमा अस्थाई वासस्थानको व्यवस्था गरेको जनाएका छन् ।
नर्थ क्यारोलिना र भर्जिनियाका ६ लाख मानिस विद्युत कटौतिको समस्यासंग जुध्न बाध्य भएका छन् । नर्थ क्यारोलिना, मेरिल्याण्ड, भर्जिनिया, डेलेवार, न्यू जर्सी , न्यूयोर्क र कनेक्टिकटमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो। इरिना नामको आंधीले क्यारेवियन क्षेत्रमा विनाश लिला मच्चाइसकेको छ । शहरमा पहिलो पटक भूमिगत रेल सेवा पनि बन्द गरिएको छ भने विभिन्न विमानस्थलहरु पनि बन्द गरिंएको छ ।