जिन्दा हुँ पर शर्मिन्दा हुँ


– अकेला


आम्दानीका धेरै स्रोतहरुमध्ये राजनीति हिजोआज निकै अगाडि छ । उहिलेको उत्तम व्यापार अहिले मध्यम छ भने लगानीको एकतिहाइ उठाउन सधैँ बाह्रै मात्र बज्ने भएकाले मध्यम ठानिएको खेतिपाति हिजोआज सबैभन्दा पुच्छारमा छ । राष्ट्र र राष्ट्रियताको सन्दर्भमा भुतोभाङ केही नभए पनि यसरी राजनीति एकाएक अगाडि आउनुमा यसबाट व्रह्मलुट गर्नसकिने प्रचूर सम्भाव्यताले हो अरुले होईन । नेपाली राजनीतिको एउटा शर्मिन्दगी !

 

द्वन्दकालमा चन्दा आतङ्कले गर्दा उत्तम भनिएको व्यापारको जुन दुर्गति भयो त्यो अहिले केही सुस्ताउँदो छ तर छिमेकबाट भित्रिने देसीमलमा राजनैतिक दलका हनुमानहरुको बर्चश्वले गर्दा पुच्छारमा रहेको खेतिपातिको भने अति बेहालत छ । भान्सामा पाक्ने हरिया तरकारीदेखि दलहन तेलहन र धान गहुँ मकै जस्ता खाद्यान्नको भाउ बजारमा जति छ त्यसको आधा दाम नपाईने र आफ्नो पेट काटेर बीचका दलालहरुलाइ पोस्नुपर्ने र हानीकारक बिषादीयुक्त विदेशी मललाइ दोव्वर-तेब्बर तिरेर ब्ल्याकमा किन्नुपर्ने बाध्यता आफ्नो ठाउँमा छ र पनि दलहरुको पुच्छर समातेर वैतरणी गर्ने पुरातन सोँच त्याग्न कोही तयार नहुनु कृषिप्रधानु देशको विडम्वना हो । अर्को शर्मिन्दगी !


राजनीतिले आज सबै क्षेत्रलाइ उछिनेको छ । सबै क्षेत्रले आज राजनीतिलाइ नै पछ्याउनुपर्ने अवस्था छ । आज सबै राजनीतिकै दास छन् । यहाँसम्म कि परिस्थिति पनि राजनीतिकै दास छ । यहाँको सिष्टमले हावा खानु नै त्यसको नमूना हो । सरकार भएर पनि नभए जस्तो । कानून भएर पनि नभएको जस्तो । अनि नेपाली राजनीतिका बदमासहरुको बदमासी तह लगाउन नसक्ने अत्यन्तै हल्का खवरदारी गर्ने जनता । बस् ! अर्को शर्मिन्दगी !

 

यो धर्तीमा एकथरी प्राणी यस्ता पनि छन् जसलाइ जनता भन्नै मिल्दैन । सायद ती जनता नै होईनन् ! विहान-बेलुकाको छाक टार्न सधैं महाभारत हुने भुङ्ग्रे ज्वरो आउँदा सिटामल नपाउने र ब्लड बैंकबाट एक प्वाईन्ट रगत ल्याएर सुत्केरी स्वास्नी बचाउन नसक्नेहरुलाइ जनता भन्न मिल्छ  नागरिकता लिएर नागरिक अधिकारबाट बिाचत रहनेहरुलाइ जनता भन्न मिल्छ  भोटस्र लिष्टमा नाम भएर पनि ईच्छाएको व्यक्तिलाइ भोट हाल्न नपाउनेहरु जनता हुनसक्दछन्  जनताको परिभाषाभित्र पर्लान्  सम्भवतः ती ब्रोईलर कुखुरा हुन् जसलाइ मालिकहरुले चुनावमा प्रयोग गर्न सपनाको दाना खुवाएर पालिराखेका हुन्छन् । अर्को शर्मिन्दगी !


अनि एकथरी यस्ता पात्रहरु पनि भेट्टिन्छन् जोसंग राजनीति गर्ने ल्याकत हुँदैन उद्योग व्यापार गर्ने ढङ्ग जागीर खाने योग्यता र खेतिपाति गर्ने जाँगर हुँदैन ती लाटागाँडा तसा्रउन र पित्त अपच खान्की खाएर बढ्ने पित्त पत्रकारीता गरिरहेका भेट्टिन्छन् । त्यसोत यी राज्यका चौथौ अङ्ग हुन् र यीप्रति मानिसको सदाशयता पनि हुन्छ तर कहिलेकहीँ यो खुट्टयाउन मुश्किल पर्छ कि यी सूचनाका सम्वाहक हुन् या व्यापारी । समग्र राष्ट्रकै पहरेदार हुन् या अमूक दलहरुद्वारा परिपोषित जासुस । अर्को शर्मिन्दगी !

 

रुची र दख्खलले मात्र केही हुँदैन । व्यवसाय चलाउन त झन उपयुक्त बजार र वातावरण चाहिन्छ । हामीकहाँ बजार भए वातावरण हुँदैन वातावरण भए बजार हुँदैन । अनि बजार र वातावरणको तादात्म्यता मिल्यो भने राजनीतिले भत्काईदिन्छ । यस्तोमा मानिसहरु अल्मलिन्छन् । पूरै अर्थतन्त्र नै राजनीति गर्नेहरुको मूड र ठूला व्यापारीहरुको गणितमा भर पर्ने हुँदा  सानो व्यापारी ठूलो व्यापारीको शरण पर्नुपर्ने बाध्यता यहाँ छ । त्यसमाथि यहाँको यो कवाड राजनीति यसका हनुमानहरुको हर्कत यस्तोमा बैंकको व्याज थेग्नु त परै घरखेत गरेर साहुको घरभाडा तिर्नुपर्ने छोराछोरीको फिस बाईकको लुवि्रकेन्ट्स गृहलक्ष्मीको फर्माईशी र कहिलेकहीँ रेष्टुरेन्टका क्याविनहरुमा रङ्गीन साँझ बिताउने सपनाको त के कुरा  अर्को शर्मिन्दगी !


गर्ने नै हो भने राम्रो उपयुक्त वातावरण त बरु राजनीतिमा छ । र यसप्रति मानिसहरुको आकर्षण बढ्दो पनि छ । यो आकर्षण यति धेरै बढ्दो छ कि सबैको लवाइ खवाइ उठाइ बसाइ हँसाइ बोलाइमा राजनीति झल्किन्छ । राजनीतिकै गन्ध आउँछ । नआओस किन  सफलताको साँचो राजनीति जो हो । यसमा नाम दाम माम सबै छ । उद्योग व्यापार जागीर र खेतिमा नभेट्टिने चिज राजनीतिमा फेला पर्छ अरुमा होईन । अर्को शर्मिन्दगी !

 
राजनीतिप्रति मानिसहरुको यो आकर्षणका पछाडि एउटा अनौठो विशेषता छ । त्यो हो-यसमा लाग्न केही नचाहिनु । ट्याक्टिस बेईमानी र मौसमको आनी बानी चिन्ने खूवी हुनेहरुका लागि योभन्दा उर्वर क्षेत्र अर्को छँदैछैन । त्यो नहुनेहरु कि ब्यापारमा लाग्नुपर्छ कि त जागीर ठेक्कापट्टा या खेतिपातिमा । र जोसंग वुद्धि र विवेक मात्र छ ती या त कितावसंग कुस्ती खेल्दछन् या त अक्षरहरुसंग सिङ्गौरी । अरु उपाय नास्ती । बेग्लै शर्मिन्दगी !

 
प्रसंङ्ग बदलौं ! खाद्य सुरक्षाका ५ चरणहरु १ सबैथोक चुस्तदुरुस्त रहेको अवस्था-सामान्य खाद्य सुरक्षित चरण हो । २ खाद्य उपलब्धता र पहुँचमा कमी दीगो खाद्य सुरक्षा सम्बन्धी वैकल्पिक उपायहरु अपनाईएको सहन सकिने विपदको क्षती शान्ति सुरक्षाको अस्थिर अवस्था-मध्यमस्तरीय खाद्य असुरक्षित चरण हो । ३ जीविकोपार्जनका स्रोत सम्पत्तिहरु बेच्नुपर्ने अवस्थाको सुरुवात-उच्चतम खाद्य असुरक्षित चरण हो । ४ खाद्य तथा जीविकोपार्जनमा गम्भिर संकटको अवस्था-गम्भिर खाद्य असुरक्षित चरण हो  र ५ सबैखाले वैकल्पिक उपायहरुको समाप्तीको अवस्था-मानवीय आपत्कालिन एवं भुखमरीको चरण हो भने हामी कहाँ छौँ र के गर्दैछौँ 

 
अन्तरिम संविधान २०६३ को धारा १८३ ले प्रत्येक नागरिकलाइ कानूनमा व्यवस्था भए बमोजिम खाद्य सम्प्रभूताको हक हुनेछ र भाग ४ धारा ३५१० ले आदिवासी जनजाति मधेशी दलित लगायत सिमान्तकृत समुदाय तथा गरिवीको रेखामुनी रहेका मजदुर किसानको उत्थान गर्ने नीति लिए पनि हामीकहाँ शारीरिक विकासको लागि पर्याप्त क्यालोरी नपाउने विपोषित ९ग्लमभचलयगचष्कजभम० ५ बर्षमुनीका बच्चाहरु ३९% छन् । पुड्का बच्चाहरु मात्रै ४९% छन् । आफ्नो आयको ७३% आम्दानी खानेकुरामै खर्च गर्ने अतिबिपन्नहरु २०% छन् । खानपुग्ने खाद्यान्न उत्पादन गर्न नसक्ने जिल्लाहरु मात्रै ४० वटा छन् । कूल जनसंख्याको ३१% अर्थात २०% जनता त गरिवीको रेखामुनी छन् जो दैनिक १ अमेरिकी डलरभन्दा कममा सास मात्रै धान्ने गर्दछन् भने हाम्रो राजनीति र सिष्टमको के गर्ने  अचार हाल्ने


चारै प्रहर ड्यूटी बजाउने कुकुरप्रति र अलग जगाउने जोगीप्रति पात्रहरुको अपनत्व हुनसक्ला तर सत्ता छाडी कुनै कामकुरामा पनि मन नदिने र समग्र सिष्टम नै खल्बल्याउने पाखण्डीहरुप्रति जनताको योखाले अपनत्व एकदमै घातक कुरा हो । संविधानसभा संविधानसभा जस्तो नदेखिनु नेताहरु नेता जस्ता नदेखिनु कार्यकर्ताहरु कार्यकर्ता कम् अण्डरवल्र्डका डन् जस्ता ज्यादा देखिनु र वर्ग क्षेत्र धर्म लिङ्ग जाति पेशा सबैलाइ राजनीतिकै भुङ्ग्रोमा हालेर देशलाइ बेईमानीको कि्रडाभुमी बनाईनु नै पाखण्डहरुप्रति हाम्रो अपनत्वको नतिजा हो ।

 

हाड मासुले निर्मित नाक बहुत संवेदनशील हुन्छ जुन स-स्यानो कुराले पनि हर्कतमा आउँछ र लज्जा या शर्मिन्दगी महशुस गर्दछ । तर काठ या कुकाठले बनेको नाकलाइ कुनै पनि संवेदनाले असर नपार्ने हुँदा त्यसले लज्जा या शर्मिन्दगी नै महशुस गर्दैन । महामहिमहरु सभामुख महोदय ३१ दलका नेता-कार्यकर्ताहरु र आजसम्म स्वप्निल रतिकृयामा स्खलित हुनेगरेका स्वयं ज्ञानेन्द्रका बाबुछोराकै मुहारमा पनि लज्जा या शर्मिन्दगी नदेखिनु नेपाली राजनीतिको महान विशेषता हो । सायद देशमा त्यस्ता कोही छैनन् जसलाइ आफ्नो कुकृत्यप्रति लज्जावोध भैरहेको होओस शर्मिन्दा महशुस भैरहेको होओस । आफ्नो निकम्मापनबाट सृजित अव्यवस्थाप्रति लज्जा र शर्मिन्दगी छोडेर निर्लज्ज नाक जोगाउन होडबाजी गरिनु पनि नेपाली राजनीतिको अर्को घिनलाग्दो विशेषता हो ।


लज्जित त आज जनता छन् जसको राष्ट्रियता र सार्वभौमिकता धरापमा छ । लज्जित त आज दसवर्ष जनयुद्ध लडेका लडाका छन् जसलाइ आफ्नो त्याग र बलिदान बेकार गएकोमा खेद छ । लज्जित त आज मजदुर किसान कर्मचारी शिक्षक विद्यार्थी लेखक कवि विश्लेषक बिचारक पत्रकार छन् जसले सबै सपना हावामा छूमन्तर भएको दृश्य आफ्नै नाङ्गा आँखाले देख्दैछन् र पनि हातमा दही जमाएर बस्न बाध्य छन् । शर्मिन्दा त बरु नागरिक समाजका दिग्गजहरु हुनसक्दछन् जोसंग खवरदारी गर्ने बुढा हात र कलेटी परेका ओँठ बाहेक केही पनि छैन ।


सायद यो दुनियाको रचनाकार स्वयं नै पनि आफ्नो रचनाप्रति आज लज्जित छन् । शर्मिन्दा छन् । मेक&