पाकिस्तानकको आतंकवादी निरोधक अदालतले पूर्व राष्ट्रपति परवेज मुशरर्फको सम्पत्ति जफत गर्ने आदेश दिएको छ । यो आदेश अनुसार मुशरर्फको जग्गा जमिन र र्बैंक खाता जफत हुने भएको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री बेनजीर भुट्टोको हत्याको विषयमा सोधपूछका लागि मुशरर्फलाई अदालतले पटक पटकलाई पक्राउको आदेश जारी गरेको थियो ।
तर लण्डनमा स्वनिर्वासनमा बस्दै आएका मुशर्रफले भने अदालती आदेशको बेवास्ता गर्दै आएका छन् । सन् २००७ मा रावलपिण्डीमा आयोजित चुनावी सभाको क्रममा भुट्टोको हत्या हुंदा मुशर्रफ पाकिस्तानमा राष्ट्रपति थिए । भुट्टोको सुरक्षामा लापरवाही गरेको आरोप मुशरर्फमाथि लागेको छ । तर मुशर्रफले आरोपको खण्डन गर्दै आएका छन् ।