लिवियामा गद्धाफीका छोरा सेफ इस्लामले विद्रोहीद्धारा आह्वान गरिएको आत्मसमपर्णको चेतावनीको वेवास्ता गर्दै आफुहरुकै जीत हुने दाबी

Saif

 

लिवियामा कर्णेल गद्धाफीका छोरा सेफ अल इस्लामले विद्रोहीद्धारा आह्वान गरिएको आत्मसमपर्णको चेतावनीको वेवास्ता गर्दै गद्धाफीका समर्थकहरुकै जीत हुने दाबी गरेका छन् । उनले सिर्त शहर रक्षार्थ हातहतियार सहित २० हजार जनता तयार रहेको जनाएका छन् ।

 

ट्रिपोलीको अज्ञात स्थलबाट अडियो सन्देश मार्फत इस्लामले आफ्ना बाबु गद्धाफी सकुशल रहेको वताएका छन् । विद्रोही विरुद्धको प्रतिकार जारी रहेको र आफुहरु जीतको नजिक भएको इस्लामको दावी छ । तर उनका भाई सादीले भने बुधवार मात्र विद्रोहीको अन्तरिम सरकारसंग वार्ताका लागि आफु आधिकारिक व्यक्ति भएको बताएका थिए ।

 

लिवियाका विद्रोही नेताले भने आफुहरुलाई गद्धाफीसंग वार्ताका लागि कुनै रुची नभएको स्पष्ट पारेका छन् । उनीहरुले गद्धाफी समर्थित सेनालाई शनिवार सम्म आत्मसमर्पण गर्न वा कारवाहीको सामनाका लागि तयार रहन चेतावनी दिइसकेका छन् । यता विद्रोहीहरुले गद्धाफीको शासनकालका विदेशमन्त्री अब्दिलेती अवेइदीलाई पक्राउ गरेको जनाएका छन् । तर गद्धाफी कहां छन् भन्ने बारे भने अझै केही खुल्न सकेको छैन ।

 

यसैबीच फ्रान्सको राजधानी पेरिसमा लिवियाको भविश्य बारे छलफल गर्न अमेरिका , बेलायत लगायत ६० मुलुकका प्रतिनिधि र संगठनहरुको सम्मेलन हुंदैछ । सम्मेलनममा राष्ट्रसंघका महासचिव बान कि मुन पनि सहभागि हुने बताइएको छ । यसैबीच बेलायतबाट बेनघाजीमा लिवियाको केन्द्रीय बैंकको करिब २३ करोड डलर रकम पु