इजरायलमा बढ्दो महंगी र महंगो जिवन स्तरलाई लिएर व्यापक विरोध प्रदर्शन


इजरायलमा बढ्दो महंगी र महंगो जिवन स्तरलाई लिएर व्यापक विरोध प्रदर्शन भएको छ । राजधानी तेल अवीव लगायत विभिन्न शहरमा भएको प्रदर्शनमा करिब ४ लाख मानिसको सहभागिता रहेको अनुमान गरिएको छ ।


प्रदर्शनमा मध्यम वर्गका मानिसको बढी सहभागिता रहेको बताइएको छ । प्रदर्शनकारीले सस्तो मुल्यमा घरबासको व्यवस्था गरिनु पर्ने , कर कटौति , स्वास्थ्य सुविधाको उचित व्यवस्था र निशुल्क शिक्षाको माग गरेका छन् ।


आर्थिक वृद्धिको लाभ तल्लो तहका जनता सम्म पुग्नु पर्ने भन्दै निष्पक्ष र समुन्नत समाजको लागि संघर्षमा उत्रनु परेको प्रदर्शनकारीहरुको भनाई छ । यसैबीच प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले आर्थिक सुधारको क्षेत्रमा काम गर्न विशेषज्ञको एक समिति गठन गरेको बताउनु भएको छ । यो समितिले प्रदर्शनकारीका नेतासंग छलफल गर्ने बताइए पनि प्रधानमन्त्री नेत्यान्याहुले प्रदर्शनकारीका सबै माग पूरा गर्न नसकिने स्पष्ट पार्नु भएको छ ।