अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्व प्रमुख डोमिनिक स्ट्रास कान आफ्नो देश फ्रान्समा
भाद्र १९ गते, २०६८ मा प्रकाशित
अमेरिकी अदालतले आफु विरुद्धको यौन दुराचारको मुद्धा फिर्ता लिएपछि अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफका पूर्व प्रमुख डोमिनिक स्ट्रास कान आफ्नो देश फ्रान्स फर्किएका छन् ।
न्युयोर्कस्थित होटलकी एक कामदारले कान विरुद्ध बलात्कार प्रयासको मुद्धा हालेकी थिईन ।
तर आरोप प्रमाणित नभएपछि अदालतले मुद्धा फिर्ता लिएको हो । यौन दुर्व्यवहारको आरोपसंगै पक्राउ परेका कानलाई नजरबन्द राखिएको थियो । सोही आरोपका कारण कानले आइएमएफको प्रमुखबाट राजीनामा गर्नुपरेको थियो ।
फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने प्रवल संभावना बोकेका कानलाई यौन दुराचारको मुद्धाले निकै नोक्सान पुर्याएको छ ।