प्यालेष्टाइनको संयुक्त राष्ट्र संघको औपचारिक सदस्य बन्ने आशा अरबेली संघ र अफ्रिकी संघद्धारा समर्थन

अरबेली संघ, अफ्रिकी संघ, असंलग्न खेलकूद र इस्लामिक सहयोग संगठनका प्रतिनिधिले काइरोमा एउटा सम्मेलनको आयोजना गरेका छन्। उहाँहरुले सो सम्मेलनमा प्यालेष्टाइनले संयुक्त राष्ट्र संघको औपचारिक सदस्य बन्न चाहेकोमा तथा बनाउन प्रयासमा समर्थन दिएका छन्।

         अरबेली संघका महा सचिवले सो सम्मेलन पछि आयोजित पत्रकार सम्मेलनमा यस पटकको सम्मेलनको उद्देष्य विभिन्न पक्षले प्यालेष्टाइनको समर्थनलाई मध्यस्थता दिने कुरा बताउनुभयो। उहाँले हालै पेरिस भ्रमणको अवसरमा यूरोपका केहि मुलुकका प्रतिनिधिसँग सो समस्याबारे छलफल गरेको पनि बताउनुभयो। साथै उहाँले छलफलको नतिजा सकारात्मक र राम्रो रहेको पनि बताउनु भयो।

         प्यालेष्टाइनले सन 1988मा स्वतन्त्रता मुलुक स्थापना भएको घोषणा गरेको हो, र संयुक्त राष्ट्र संघका धेरै सदस्य मुलुकहरुले प्यालेष्टाइनलाई स्वीकार पनि गरेको थियो। तर प्यालेष्टाइन संयुक्त राष्ट्र संघको औपचारिक सदस्य मुलुक भने होइन।