– हरि प्रसाद भुसाल
सन्धिखर्क, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा निकट यूवाहरुको संगठन अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष काशिनाथ पोखरेलले राष्ट्र र राष्ट्रियताको रक्षाको लागि सम्पूर्ण यूवाहरु एक हुनुपर्ने बताएका छन् ।
देश अहिले संक्रमणमा रहेको र यस्तै संकटको घडिमा विदेशी चलखेल वढ्ने गरेको भन्दै पोखरेलले पार्टी र दलगत स्वार्थ भन्दा माथी उठेर यूवाहरु एक नहुने हो भने राष्ट्र नै नरहने संभावना बढेर गएको बताए । उनले सरकार गठन प्रक्रियामा माओवादीले मधेशवादीहरुसंग गरेको सम्झौता राष्ट्रघाती भएको उल्लेख गरे ।
अखिल नेपाल यूवक संघ, जिल्ला समिति अर्घाखाँची द्वारा जिल्लाको सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले यस्तो वताएका हुन् ।
कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सागर के.सी.ले संघीयताको खारेज गरी नयाँ संविधान जारी गर्न सकेमात्र बाबुराम भट्टर्राईको प्रधानमन्त्रीकाल सफल हुने तर्क गरे । उनले देशलाई अनिर्णयको वन्दी बन्न नदिनको लागि आफुहरुले बाबुराम भट्टर्राईलाई र्समर्थन गरेको बताए । उनले आफ्नो पार्टी सरकारमा सहभागि नहुने समेत स्पष्ट पारे ।
कार्यक्रममा राजमो केन्द्रीय वैकल्पिक सदस्य झविलाल थापा, रक्तिमका केन्द्रीय महासचिव रेम राना, प्रगतिशिल पत्रकार संघका जिल्ला अध्यक्ष इन्द्रमणी भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष शोभाखर पन्थी, प्रेस चौतारीका अध्यक्ष पार्वता श्रेष्ठ, अर्घाखाँची डट्कम् का सम्पादक तथा कान्तिपुरका संवाददाता वीरेन्द्र के.सी., रासस प्रतिनिधी प्रेम नारायण आचार्य, नयाँ सन्देशका कार्यकारी सम्पादक विजय दमासे लगायतको उपस्थिती रहेको थियो ।
Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.