पाकिस्तानले हिजो अल कायदाका तीनजना सदस्यहरुलाई प्रकाउ गरेको घोषणा गरेको छ। सोबाट बिन लादेन मारिएपछि अमेरिका र पाकिस्तानबीचको सम्बन्ध धेरै खराबपछि हाल सुध्रेको छ।
पाकिस्तानको सैनिक पक्षले एउटा वक्तव्य प्रकाशित गर्दै अमेरिका र पाकिस्तानको जासुसी विभागको संयुक्त प्रयासमा अल कायदाका एक उच्च नेता र अरु दुई उच्चस्तरिय सदस्यहरूलाई पाकिस्तानको दक्षिण-पश्चिमी भागमा प्रकाउ गरिएको जनाएको छ।
अमेरिकी संचार माध्यमका अनुसार, पाकिस्तानको सो सफलताबाट अमेरिका र पाकिस्तानबीचको सम्बन्धमा खराबी नआएको देखिएको छ।