शिक्षा दिवसको अवसरमा अर्घाखाँचीमा कार्यक्रम सम्पन्न

– प्रेमनारायण आचार्य  
 
यूएई डेस्क) – २२ भदौ – ‘प्रबिधियुक्त गुणस्तरीय शिक्षा, बिद्यालय शान्ति क्षेत्र नेपाली को इच्छा’ भन्ने मुल नाराका साथ आज अर्घाखाँचीमा पनि राष्ट्रिय शिक्षा दिवस मनाईएको छ ।


जिल्ला शिक्षा कार्यलय अर्घाखाँचीले गरेको कार्यक्रममा उत्कृष्ट प्रतीभा प्रस्तुत गर्ने बिद्यार्थी , शिक्षक , शिक्षाका कर्मचारी र बिद्यालय ब्यबस्थापन समितिका सदस्य समेत पुरस्कृत भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि  प्रमुख जिल्ला अधिकारी केशव राज घिमिरे, जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल, नेपाली काग्रेसका जिल्ला सभापति कमल प्रसाद भुसाल, एमालेका जिल्ला अध्यक्ष रामजी घिमिरे, राजमोका सागर केसी, शैक्षिक गणतान्त्रिक मंचका सुबास चन्द्र बन्जाडे  लगायतले मन्तब्य राखेका थिए।


कार्यक्रम स्थानीय बिकास अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षता, लिलबहादुर राउतको संचालन र उपसचिब नरेन्द्र क्षेत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको हो।

 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु