अर्घाखाँचीमा कुशुमको स्मृतीमा सभाहरु सम्पन्न

– हरिप्रसाद भुसाल


अर्घाखाँची । नेकपा मसाल तथा राष्ट्रिय जनमोर्चाले आफ्ना नेता लिलानाथ कुशुमलाई गुमाएको १३ औं दिनको पुण्यतिथिमा देशभर स्मृती सभाहरु सम्पन्न गरेको छ ।


यसै क्रममा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले १३ दिनको पुण्य तिथीको अवसरपारेर भदौ २० गते कुशुमको जन्मस्थल धारापानी ९ हिलेमा स्मृतीसभा सम्पन्न गरेको छ । जसमा राजमो केन्द्रीय सदस्य सागर के.सी. जिल्ला अध्यक्ष झविलाल थापा अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष बाबुराम सुनार लगायतले कुशुमको स्वार्थ रहित राजनीतिको प्रशंसा गरेका थिए । कार्यक्रममा ठूलो संख्यामा स्थानीयबासीहरुको उपस्थिती रहेको थियो ।


यसैविच रक्तिम सांस्कृतिक अभियान अर्घाखाँचीले समेत सन्धिखर्कमा क्षेत्रीय शिविर उद्घाटन तथा स्मृती सभा सम्पन्न गरेको थियो । कार्यक्रममा रक्तिमका महासचिव रेम राना तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार विदुर मल्लले कुशुमको सहयोगी निस्वार्थी र मिलनसार व्यक्तित्वको खुलेर प्रशांसा गरेका थिए । उनीहरुले  कुशुमको निधनले रक्तिमलाई निकै ठूलो धक्का पुगेको बताएका थिए ।


वुटवलको निर्माणधिन भवन देखाउदै यो भवन वनेपछि तपाईहरुलाई कुनै समस्या हुनेछैन । तपाईहरुले मजासंग आफ्ना कार्यक्रमहरु सम्पन्न गर्न सक्नुहुनेछ ।  भन्ने कुशुमको कुरा सम्झिदै राना पटक पटक भक्कानिएका थिए । रक्तिम सांस्कृतिक अभियानले आज निकै नै पाका र पि्रय अभिभावक गुमायो । रानाले भने उहाँ रक्तिमलाई निकै नै माया गर्नुहुन्थ्यो ।


कार्यक्रममा लिलानाथ कुशुमका सम्झनामा लेखिएको कविता रेम रानाले वाचन गर्दा िसंगो हल नै शोकमग्न भएको थियो । कुशुमको वारेमा बोल्दा रेम रानाले आफ्नो आँसु थाम्न नसकेपछि पटक पटक गला अवरुद्ध पार्दै मन्तव्य सकेका थिए भने सहभागिहरुलाई पनि आँसु रोक्न निकै हम्मे हम्मे परेको थियो ।


 













 


Copyright 2011 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.




अन्य समाचारहरु